सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक छ–कमल थापा

माघ ७ – राप्रपा अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनको निर्णयले प्रतिगमन भयो, संवैधानिक कुु भयो,सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक रहेको बताउनुभएको छ । अध्यक्ष थापाले केहिबेरअघि फेसबुकमा स्ट्याटस लेख्दै प्रतिनिधिसभा विघटनवारे विवाद र फरकमत हुनुलाई भने स्वाभाविक रुपमा लिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनवारे विवाद र फरकमत हुनु स्वाभाविक छ,तर विघटनको निर्णयले प्रतिगमन भयो, संवैधानिक ‘कु’भयो,सविधानको हत्या भयो भन्ने कोलाहल निरर्थक छ।बरु विगत १४ बर्षको राजनीतिक अभ्यास,संविधानभित्रको अन्तर्विरोध,भ्रष्टाचाररकुशासनले वर्तमान व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह उठेकोछ। यस्तो अवस्थामा ताजा जनादेश उपयुक्त हुन्छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*