मकवानपुरमा आज वडास्तरबाट बिरोध प्रदर्शन हुने
माघ ८, मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधि संभा विघटन गरेको भन्दै आज वडास्तरबाट विरोध प्रदर्शन गर्ने भएको छ ।
कांग्रेस मकवानपुरको आज जिल्लाको १०२ वटै वडाबाट सरकारको गलत कदमको विरोध गर्न लागिएको पार्टी प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए । उनका अनुसार, विरोध प्रदर्शन आज बिहान ११ बजे जिल्लाका सबै वडाहरुबाट एकैसाथ गरिनेछ । पार्टी मकवानपुरका पदाधिकारीहरु पनि विभिन्न वडामा जानेगरी कार्यक्रम तय गरिएको छ ।
विरोध प्रदर्शन हुने स्थान, समय र संयोजन गर्ने व्यक्ति समेत निर्धारण गरी ब्यानरसहितको विरोध प्रदर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा गरिएको प्रवक्ता कोइरालाले बताए । कांग्रेसले यसअघि जिल्ला क्षेत्र र १० वटै पालिकाबाट विरोध प्रदर्शन गरिसकेको छ ।
























