देउखुरीलाई अन्तर्राष्ट्रिय स्तरको राजधानी बनाउने तयारी
माघ ८, दाङ – लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीलाई अन्तर्राष्ट्रिय स्तरको राजधानी बनाउने गरी काम अघि बढाइएको छ ।राप्ती नदीको किनारलाई समेटेर बनाउन लागेको स्थायी राजधानी पूर्णरुपमा आधुनिक सहरका रुपमा विकास गर्ने योजनामा लुम्बिनी प्रदेश सरकार लागेको छ ।
त्यसका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरिएको छ । प्राधिकरणको कार्यालय देउखुरीमै स्थापना गरेर छिट्टै काम पनि थाल्ने तयारी छ । स्थायी राजधानीको टुङ्गो लागेपछि प्रदेश सरकारको योजनाअनुसारको व्यवस्थित सहर निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन गरी सबै योजनावद्ध ढंगले अघि बढाइएको छ ।
प्राधिकरणले पहिलो चरणमा राजधानी घोषणा गरिएको क्षेत्रको स्थलगत अवलोकन गर्ने, राजधानीको लागि गुरुयोजना निर्माण गर्न कन्सल्टेन्सी छनोट गर्नेलगायतका काम सुरु गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैंयाले बताउनुभयो ।
राजधानीको लागि मास्टर प्लान बनाउने काम भइरहेको छु-प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मजगैंयाले भन्नुभयो- कन्सल्टेन्सी छनोटको काम अब हुन्छ, मास्टर प्लानमा कस्तो सहर हुने त्यसको प्रारुप बन्छ, प्रदेश संरचना बनाउने काम सुरु हुन्छन् । डीपीआर बनाउँछौ । अनि बल्ल निर्माण चरणमा पुग्छौँ।तत्काल भवनहरु भाडामा ल्याएर काम चलाउन रुपमा प्रदेश राजधानी चलाउने योजनामा प्रदेश सरकार नभएको र त्यसका लागि आफूहरुलाई योजनावद्ध तरिकाले काम गर्ने निर्देशन प्राप्त भएको मजगैंयाले बताउनुभयो ।
ुराजधानीको काम व्यवस्थित रुपले फिल्डमै आएर गर्नका लागि हाम्रो कार्यालयले तत्कालै देउखुरीबाट काम थाल्दैछ (ुप्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मजगैंयाले भन्नुभयो-अब हामी देउखुरीमा आयौँ अरु कार्यालय पनि बिस्तारै आउँछन् ।
























