संसद विघटनविरुद्ध पेरिसडाडाँमा बेलुन उडाएर प्रदर्शन

८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघले संसद् विघटनविरुद्ध बेलुन उडाएर प्रदर्शन गरेको छ । केन्द्रीय मुख्यालय पेरिसडाडाँबाट युवा संघले बेलुन उडाएर विरोध जनाएको हो ।

संसद् विघटन गर्ने काम चलाउ प्रधानमन्त्री केपी ओलीलाई प्रतिगामी भएको सन्देशसहित बेलुन उडाइएको नेता राजुविक्रम राईले बताए । संसद् पुनर्स्थापनाको माग सहित युवा संघले चरणबद्ध आन्दोलन गर्दै आएको छ । बुधबार मोटरसाइकल र्‍याली निकालिइएको थियो ।
दोस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेको छ ।

त्यसका लागि राजधानी बाहेक नजिकका जिल्लाहरुबाट समेत जनशक्ति ल्याइएको छ । शुक्रबार यो समूहले राजधानीका विभिन्न नौ ठाउँबाट जुलुस निकाल्दैछ । संसद् पुनर्स्थापनाको माग गर्दै यो समूहले नारायणकाजी श्रेष्ठको संयोजकत्वमा संघर्ष समिति बनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*