अब एक प्रतिशत मात्र बागमती प्रदेशमा कोरोनाका विरामी

माघ ११, हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमणका विरामीहरु अब एक दशमलब ७ प्रतिशत मात्र रहेका छन् । अरु विरामीले कोरोनालाई जित्न सफल भएका छन् । बिरामी भएका मध्यमा सुन्य दशमलब ६६ प्रतिशतले ज्यान गुमाएका छन् । अरु ९७ दशमलब ७ प्रतिशले कोरोनालाई जितेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हाल सम्म एक लाख ४७ हजार ९ सय ७० जनामा कोरोना भाइरस संक्रमण भएको छ । संक्रमित मध्यमा ९ सय ८० जनाको मृत्यु भएको छ । प्रदेशमा अहिले पनि २ हजार ४ सय ४२ जना उपचाररत रहेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड–१९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा आधा भन्दा धेरै संक्रमित देखा परेका छन् । कुल संक्रमितको ५५ प्रतिशत बागमती प्रदेशमा देखा परेका हुन् । बागमती प्रदेशमा हिजो एकै दिनमा एक दिनमा १ सय ६२ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

देखापरेका संक्रमित मध्यमा करिब २ प्रतिशत उपचाररत छन् । बागमती प्रदेशमा अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् । नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*