सडक पुग्यो भीमफेदीकै विकट वस्ती बाह्रबिसेमा
माघ १२, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ को विकट वस्ती बाह्रबिसेमा पहिलोपटक सडक पुगेको छ ।
भीमफेदी गाउँपालिकाको लगानीमा सडक निर्माण गरिएको हो । सडक निर्माण भएपछी स्थानीय वासिन्दाहरुमा खुसीयाली छाएको छ । सडक निर्माण भएपछी अब सवारीका साधन ओहोर दोहोर हुने भएको छ ।
यसक्षेत्रमा तरकारी उत्पादनको लागि उर्वर क्षेत्र भएकाले किसानले उत्पादन गरेका सामान बजार सम्म ल्याउन र बजारबाट गाउँ लैजानुपर्ने हरेक सामाग्री गाउँमा लैजानका लागि सजिलो भएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले वताउनुभयो ।
यस क्षेत्रमा तरकारी उत्पादन भएपनि बजार सम्म ल्याउनका लागि किसानले धेरै समस्या बेहोर्दै आएका थिए । तर, अब भने सहज भएको अध्यक्ष लामाले वताउनुभयो ।
























