काठमाडौंमा टाउकोमै हान्नुपर्ने अवस्था आयो – प्रचण्ड

माघ १२,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंमा टाउकोमै हान्नुपर्ने अवस्थाको आन्दोलन घोषणा गर्न लागिएको बताएका छन् ।

“हामीले जनकपुरमा पनि सभा गर्ने कि भनेर छलफल गरेका थियौँ,” प्रचण्डले सोमबार बिहान काठमाडौंमा भएको एक कार्यक्रममा भने, “काठमाडौंमा अझ ठूलो जनप्रदर्शन गर्ने कार्यक्रम घोषणा हुन्छ । त्यो बेला २५ हजार आउनुपर्‍यो तपाईँहरु । काठमाडौंमा टाउकोमै हान्नुपर्ने अवस्था आयो, त्यो निर्णायक संघर्ष हो । त्यसले छिनोफानो गर्नेछ ।”केपी ओली समूहले पनि सभा गर्ने भनेको उल्लेख गर्दै उनले भने, “केपी ओलीले जत्रो सभा गरे पनि पञ्चर्‍याली भन्दा फरक हुने छैन । ढल्ने बेलामा राजा महाराजाका तर्फबाट पनि यस्ता र्‍याली निस्कन्थे ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*