ओली सरकारको कामको परिणाम – धौवादीबाट उत्पादन हुनेभयो ३५ प्रतिशत शुद्ध फलाम

काठमाडौं, माघ १३ । नवलपुरको धौवादी फलाम खानीबाट उत्पादन हुने भएको छ ।

धौवादीमा भएको कच्चा पदार्थबाट ३५ प्रतिशतसम्म शुद्ध फलाम प्राप्त गर्न सकिने देखिएको हो । खानी तथा भूभर्ग विभागका अनुसार चीनमा भएको परीक्षणले धौवादी खानीबाट उत्पादन भएको फलामबाट स्टिल उत्पादन गर्न सकिने प्रमाणित भएको छ ।

खानी तथा भूभर्ग विभागका महानिर्देशक रामप्रसाद घिमिरेले धौवादी फलाम खानीबाट उत्पादन हुने फलामबाट स्टिल उत्पादन गर्न सकिने प्रमाणित भएको जानकारी दिनुभयो ।

“चीनको छेन्दुस्थित सिचुवान इन्स्टिच्युट अफ जिओलोजी एन्ड मेटलर्जिकल एक्सप्लोरेसनमा भएको ‘मेटलर्जिकल’ परीक्षणले नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने र ती फलामबाट स्टिलसमेत उत्पादन गर्न सकिने प्रमाणित भएको छ,’ महानिर्देशक घिमिरेले भन्नुभयो।

“परीक्षण प्रतिवेदनअनुसार धौवादीमा पाइएको फलामको कच्चा पदार्थमा फलामको आधारभूत मात्रा ३५ प्रतिशत रहेको प्रमाणित भएको छ । त्यस मात्रामा रहेको फलामको कच्चा पदार्थलाई फलाम बनाउन त्यसलाई कम्तीमा ५६ प्रतिशतमा ‘अपग्रेड’ गर्नुपर्छ,’ महानिर्देशक घिमिरेले भन्नुभयो, ‘त्यसपछि त्यो पदार्थलाई उच्च तापक्रममा ‘सिन्ट्रिङ’ गरेर फलामको मात्रा ७० प्रतिशत पुर्याइन्छ ।

त्यसपछि त्यसलाई ‘पिग आइरन’ बनाइन्छस जसमा फलामको मात्रा ९५ प्रतिशत हुन्छ । यसलाई स्टिलको रूपमा रूपान्तरण गर्न सकिन्छ भन्ने परीक्षणले प्रमाणित गरेको छ ।’विभागले फलामको औद्योगिक उत्पादनबारे परीक्षण गर्न गत वर्ष नै दुई हजार तीन सय किलो कच्चा पदार्थ चीनको सो सेन्टरमा पठाएको थियो । चीनको उक्त कम्पनीले कच्चा पदार्थको परीक्षण प्रतिवेदनका साथै सो कच्चा पदार्थबाट फलाम उत्पादन गरेर नेपाललाई बुझाउनुपर्ने सहमति खानी तथा भूभर्ग विभाग र चीनको उक्त कम्पनीबीच भए पनि चीनले परीक्षण प्रतिवेदन बुझाए पनि फलाम बुझाउन सकेको छैन ।

चीनको उक्त कम्पनीले सम्झौताअनुसारको फलाम नेपाललाई बुझाउने प्रक्रिया अन्तिम चरणमा पुगेको महानिर्देशक घिमिरेले बताउनुभयो ।पूर्व–पश्चिम राजमार्गको कावासोतीदेखि करिब बीस किलोमिटर उत्तरको दूरीमा रहेको गण्डकी प्रदेश नवलपुर जिल्ला होप्सेकोट गाउँपालिकाअन्तर्गतको पश्चिममा नाम्जाकोटदेखि पूर्वमा धवाडी क्षेत्रसम्म करिब १६० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको १० किलोमिटर लम्बाइ, २५ देखि ३० मिटर मोटाइ भएको फलामखानीको भण्डार अन्वेषणमा भेटिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक सरकारको नेतृत्व लिएलगत्तै धौवादीमा फलाम खानी सञ्जालन गर्ने योजना अघि सार्दै काम अघि बढाउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*