पुलिसविरुद्ध ब्याटिङ गर्दै एपिएफ

माघ १४, काठमाडौं – चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता पहिलो सेमिफाइनलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिसविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा पुलिसका कप्तान मन्जित श्रेष्ठले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् ।

एपिएफले आजको खेलमा ओपनर रित गौतम, स्पिनर वसन्त रेग्मी र किशोर महतोलाई बेन्चमा राखेको छ । टोलीमा यसअघि अन्तिम १४ बाहिर रहेका अफ स्पिनर सूर्य तामाङलाई मौका दिएको छ । पुलिसले भने टोलीमा परिवर्तन गरेको छैन ।

एपिएफ समूह ‘ए’ को विजेता हो भने पुलिस समूह ‘बी’ को उपविजेता हो । जारी प्रतियोगितामा एपिएफ अपराजित छ । पुलिसले बागमतीसँग ७ विकेटले हारेको थियो । पुलिस पहिलो हार देखि सजग छ । अपराजित एपिएफलाई हराउँदै पुलिस फाइनलमा पुग्न चाहन्छ । एपिएफ अपराजित लयलाई कायमै राख्दै दोस्रो पटक फाइनलमा पुग्न चाहन्छ ।

पुलिस मञ्जित श्रेष्ठ र एपिएफ शरद भेषावकरको कप्तानीमा मैदान उत्रने छन् । पुलिस तेस्रो र एपिएफ दोस्रो पटक फाइनलमा पुग्ने सोचमा छन् । एपिएफले दोस्रो र पुलिसले तेस्रो संस्करणको उपाधि जितेका थिए । राष्ट्रिय टोलीको बाहुल्यता भएका यी दुई विभागीय टोलीबीच कडा प्रतिस्पर्धा हुने आशा राखिएको छ ।

एपिएफको टोली – शरद भेषावकर (कप्तान), सूर्य तामाङ, सुबास खकुरेल, सन्दीप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, शंकर राना, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह राउटेला र अभिनास बोहरा

पुलिसको टोली – मन्जित श्रेष्ठ (कप्तान), कुशल भुर्तेल, अनिल शाह, अमित श्रेष्ठ, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सुनिल धमला, सागर ढकाल, ललित नारायण राजवंशी, राशिद खान, पवन सरार्फ

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*