नेपाल सुशासन सूचकांकमा गत वर्षभन्दा पनि खस्कियो

माघ १५, काठमाडौँ — नेपाल सुशासनको सूचकांकमा गत वर्षभन्दा पनि खस्किएको छ ।

भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक अनुसार नेपाल ३३ अंकसहित गत वर्षभन्दा ४ स्थान तल झरेको छ । गत वर्ष ३४ अंकसहित नेपाल ११३औं स्थानमा थियो । यो वर्ष ३३ अंक पाउदा अरु ४ मुलुकले उछिनेर नेपाल ११७औं स्थानमा पुगेको हो ।

ट्रान्सपरेन्सी इन्टरनेसन नेपालका महासचिव मुकुन्दबहादुर प्रधानका अनुसार वर्ल्ड जस्टिस प्रोजेक्ट नामक संस्थाले गर्ने सर्वेक्षणमा नेपालको स्कोर कम आएको हो । यो संस्थाले राज्यका प्रमुख अंगहरुमा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोगबारे सर्वेक्षण गर्छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचकांकअनुसार न्युजिल्यान्ड ८८ अंकसहित सुशासन कायम राख्ने मुुलुकहरुमध्ये पहिलो स्थानमा रहन सफल भएको छ । त्यस्तै डेनमार्क पनि ८८ अंकसहित सीपीआईको ऱ्याङ्किङमा पहिलो स्थानमै रहेको छ ।

दक्षिण एसियाली मुलुक भारत भने ४० अंकसहित ८६औं स्थानमा रहेको छ । दक्षिण एसियाकै अर्को मुलुक भुटान भने ६८ अंकसहित २४औं स्थानमा रहन सफल भएको छ । त्यस्तै मालदिभ्स ४३ अंकसहित ७३औं, ३८ अंकसहित श्रीलंका ९४औं, २६ अंकसहित बंगलादेश १४६औं र १९ अंकसहित अफगानिस्तान १६५औं स्थानमा रहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*