राँगोले हान्दा वृद्धको मृत्यु

माघ १५, महेन्द्रनगर – कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ।

गए राति पराल हाल्ने क्रममा राँगाले चौधरीलाई हान्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

‘राँगाले हान्दा चौधरी गम्भीर घाइते भएको र तत्कालै घटनास्थलमै मृत्यु भएको खबर छ,’ प्रवक्ता थापाले भने, ‘आज कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई दाहसंस्कारका लागि दिन्छौँ।” प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*