प्रधानमन्त्री ओलीले देशलाई कालो सुरुङमा हाले – प्रचण्ड
काठमाडौं, माघ १५ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कालो सुरुङमा हालेको बताएका छन्।
बिहीबार पेरिसडाँडामा बसेको जनसंघर्षसमितिको बैठकलाई सम्बोधन गर्दै उनले देश जोगाउन निर्णायक संघर्षमा उत्रनुको विकल्प नरहेको बताएका हुन्। उनले माघ २८ को जनप्रदर्शन निर्णायक हुने बताए। उनले भने, ‘जनता नै त्यस्तो निर्णायक शक्ति हो, आफैंले ल्याएको परिवर्तन जोगाउन जनता सक्षम छन्’, प्रचण्डले भने ।
उक्त समूहले माघ २८ मा राजधानीमा विशाल जनप्रदर्शनको तयारी गरेको छ।
























