पूर्वी मकवानपुरमा शिक्षक माथि कुटपिट र लुटपाट

माघ १६, हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नंबर ३ को कुटिभकारीमा एक शिक्षकमाथि कुटपिट र लुटपाट भएको छ ।

बिहिबार बिहान पौने १० बजे गाउँपालिकाको वडा नंबर ३ स्थित विष्णु निमाविमा कार्यरत स्थानीय शिक्षक वर्ष ३० का विरेन्द्र कुमार पाख्रिन माथि कुटपिट भएको हो । शिक्षक पाख्रिनले आफुमाथि कुटपिट र लुटपाट भएको जानकारी दिए । उनले भने,“हिजो बिहान खाना खाएर घरबाट स्कुलको लागि मोटरसाईकलमा निस्किए । घरबाट स्कुल पुग्न करिब आधा घण्टा लाग्छ ।

वडा कार्यलयमा श्रिमतिको काम थियो । उनि वडा कार्यलयमा झरिन् । त्यसपछि स्कुल तर्फ लाग्दै थिए,अलि माथि पुगेपछि ६,७ जनाको समूहले मेरो मोटरसाईकल रोके केहि नसोधि मलाई कुटुन थाले,लात्तिले हाने लौरोले कुटे,मलाई केहि बोल्नै दिएनन्,म ज्यान बचाउँन श्रिमती भएको वडा कार्यलय तिर भाग्न थाले कराउन थाले । मेरो आवाज सोहि ठाउँका स्थानीयहरुले सुनेर म माथि कुटपिट भएको स्थानमा आएपछि कुटपिट गर्नेहरु भागे ।”

उनले आफु माथि कुटपिट गर्नेहरुमा २ जना सोहि ठाउँका स्थानीहरु रहेको बताए ।

उनले भने,“ममाथि कुटपिट र धम्कि दिएर मेरो एक तोलाको सुन र एक थान सामसुङको मोबाइल लुटेर गए । घटनामा बागमती(३ का सरगम गोले,ज्ञान बहादुर थोकर प्रमुख हात रहेको छ । मैले घटनाको छानबिन र न्यायको लागि शिव प्रहरी चौकी राईगाउँमा उजुरी दिईसकेको छु ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*