सहिदको सम्झनामा हेटौंडामा वृहत कार्यक्रम

माघ १६, मकवानपुर– बागमती प्रदेशका राजधानी हेटौंडामा शुक्रबार सहिद दिवश भव्य कार्यक्रमको आयोजना गरेर मनाईएको छ ।

हेटौंडा–११ स्थित सहिद स्मारकमा बागमती प्रदेश सरकारको आयोजनामा भव्य कार्यक्रम गरेर दिवश मनाईएको हो । शुक्रबार शहिद स्मारक स्थित शहिद स्तम्भमा माल्यार्पण तथा अमर शहिदप्रति नेपाली सेनाद्धारा सलामी अर्पण गरिरेर दिवश मनाईएको हो । हेटौंडा–११ स्थित सहिद स्मारक मुलद्धारबाट र्‍याली सहित स्मारक परिषरमा रहेको सहिदहरुको प्रतिमामा माल्यार्पण तथा अमर शहिदप्रति नेपाली सेनाद्धारा सलामी अर्पण गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाई, मुख्यमन्त्री डोरमणि पौडेल, कृषिमन्त्री दावा दोर्जेलामा, प्रमुख प्रतिपक्षिदलका नेता ईन्द्र बानीया, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुले सहिदहरुको प्रतिमामा पुष्पगुच्छा अपर्ण गर्नुभएको थियो । प्रदेश स्तरीय सहिद दिवश मुल समोह समितिका संयोजक एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षता तथा प्रदेश प्रमुख विष्णु प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले सहिदले देखाएको बाटो पछ्याउन जरुरी रहेको बताउनुभयो । उहाँले शहीदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा मात्र शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । उहाँले आफुले गरेका कामले सहिदले देखाएको बाटोलाई पछ्याउन सकेको छ कि छैन भन्ने कुरा आत्मसाथ गरेर अगाडी बढेमा सुखि नेपाली समृद्ध नेपाल निर्माण गर्न सकिने समेत बताउनुभयो । उहाँले जुन सुकै घटनामा परेर मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्दा वास्तविक सहिदहरुको अपमान हुने उहाँको भनाई थियो ।

कार्यक्रममा बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्र बानीयाले सहिदको सपान साकार पार्न सबैको योगदान आपरिहार्य भएको बताउनुभयो । एक दिन कार्यक्रम आयोजना गरेर मात्र देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सच्चा श्रद्धाञ्जली नहुने उहाँको भनाई थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी सुखी नेपाली, समृद्ध नेपाल निर्माणमा लाग्नु पर्ने बताउनुभयो । उहाँले सकारात्मक प्रयासबाट देश समृद्ध हुने हुँदा सहिदले देखाएका बाटोलाई पछ्याउँदै सकारात्मक सोचका साथ अगाडी बढ्न आग्रह गर्नुभयो ।

जनतालाई अधिकार सम्पन्न बनाई शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्न सबैको योगदान आवश्यक रहेको उहाँको भनाई थियो । प्रत्येक वर्ष माघ १६ गते हेटौंडामा शहीद दिवस भव्य कार्यक्रमको आयोजना गरेर मनाउने गरिएको छ । यो वर्ष दिवशका अवसरमा सरसफाइ कार्यक्रम, रक्तदान कार्यक्रम तथा मुख्य दिन आज प्रभात फेरीसहित सहिद प्रति सम्मान प्रकट गरेर दिवश मनाइएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*