रत्नपारकमा प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको विरोध सभा

माघ १६, काठमाडौँ– प्रतिनिधि सभाको विघटनविरुद्ध नेपाली कांग्रेसले काठमाडौँको रत्नपारकस्थित शान्तिवाटिकामा विरोधसभाको आयोजना गरेको छ।

शुक्रबार पाँच वीर सहीदहरुको फोटोमा माल्‍यार्पण, मौनधारणपछि विरोधसभा सुरु भएको हो। विरोधसभामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य गगन कुमार थापा, प्रदीप पौडेल लगायतका नेताहरु बोल्‍ने कार्यक्रम रहेको छ।

काँग्रेसले देशभरी नै प्रतिनिधिसभा विघटनविरुद्ध विरोध सभा र प्रदर्शन गर्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*