नेकपा विवादमा निर्वाचन आयोगको निर्णयलाई मान्छौँ– नेम्वाङ

माघ १६, काठमाडौँ– नेकपाको ओली समूहका नेताहरुले पार्टीको आधिकारिकताका लागि देखिएको विवादमा निर्वाचन आयोगले दिने निर्णय स्वीकार गर्ने प्रतिवद्धता जनाएका छन्।

आयोगले निर्वाचनको तयारीका लागि बोलाएको छलफलमा सहभागी ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले नेकपा विवादमा निर्वाचन आयोगले दिने निर्णय मान्न आफूहरु तयार रहेको बताए।

उनले भने, ‘नेकपा नफुटेको सन्देश दिने गरी यसअघि आयोगबाट भएको निर्णयको हामीले स्वागत गरेका छौँ, यसपछि पनि आयोगबाट हुने निर्णय मान्न हामीहरु तयार छौँ।’ उनले सरकारले घोषणा गरेको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोग लाग्नुपर्ने बताए।

‘संसद पुनर्स्थापनाबारे सर्वोच्चबाट कुनै अन्तरिम आदेश नआएका कारण निर्वाचन आयोगले आफ्नो काम रोक्न पर्दैन, सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने गरी तयारीमा लागौँ’, नेम्वाङले बैठकमा भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*