प्रचण्ड–नेपाल पनि आज माइतीघरको धर्नामा सहभागी हुँदै
काठमाडौं, माघ १८ – काठमाडौंस्थित माइतीघर मण्डलामा जारी नेकपाको प्रचण्ड–नेपाल समूहको धर्ना कार्यक्रममा अध्यक्षद्वय पनि सहभागी हुने भएका छन्।
आइतबारको धर्ना कार्यक्रममा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल दिउँसो १२ बजे सहभागी हुने भएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम खारेजीको माग गर्दै प्रचण्ड–नेपाल पक्षका संघीय एवं प्रदेश सांसद तथा तत्कालीन संविधान सभाका सदस्य ४ दिनदेखि लगातार धर्नामा बसेका छन्।
साथै, विरोध स्वरुप यही माघ २८ गते प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा बृहत विरोध सभा गर्ने तयारी गरेको छ।
























