मन्त्री थापाले ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागे

काठमाडौं, १८ माघ । नेकपा ओली समूहका नेता तथा खानेपानी मन्त्री मणि थापाले सम्बोधनको क्रममा भुलवश ‘श्री ५ को सरकार’ सम्बोधन गरेकोमा माफी माग्नुभएको छ ।

आइतबार बिहान सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उहाँले क्षमा याचना गरेका हुन् । ‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ,’ उहाँले लेख्नुभएको छ, ‘आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*