विघटनविरुद्धको मुद्दा सरकारका तर्फबाट सोमबारदेखि बहस
काठमाडौं, १८ माघ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारका तर्फबाट सोमबारदेखि बहस हुने भएको छ ।
संवैधानिक इजलासमा आइतबार रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेलले आइतबार बहस गरेका छन् । यस्तै, अधिवक्ता लोकेन्द्रबहादुर ओली, कलमबहादुर खत्री र मणिराम उपाध्यायले आइतबार नै बहस सकेका छन् ।
तेह्रौं रिट निवेदनमाथिको बहस पनि आइतबार नै सकिएपछि सोमबारदेखि सरकारी पक्षको बहस शुरु हुने भएको हो । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट निवेदन दायर भएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए ।
























