आज बोलाइएको वाग्मती प्रदेशसभाको बैठक स्थगित
माघ १९,हेटौंडा । आज बस्ने भनिएको वाग्मती प्रदेशको प्रदेश सभा बैठक स्थगित भएको छ । बैठक आगामी फागुन ५ गतेका लागि सरेको हो । प्रदेश सभाले एक सूचना जारी गर्दै विशेष कारण बैठक स्थगित गरिएको जनाएको छ । प्रदेश सभाको अघिल्लो बैठक सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो २ बजे बस्नेगरी स्थगित गर्नुभएको थियो ।
प्रदेश सभा सचिव कृष्णहरि खड्काका अनुसार माघ १९ गते दिउँसो २ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक विशेष कारणले गर्दा मिति २०७७ फागुन ५ गते दिउँसोे २ बजे बस्ने भएकोे छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविस्वासको प्रस्तावमाथि छलफल गर्ने भनिएको थियो ।
























