कक्षा १२ को नतिजा सार्वजनिक

माघ १९,काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार बिहान बसेको बोर्डको बैठकपछि नतिजा प्रकाशित गरिएको सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने पनि बोर्डले जानकारी दिएको छ ।

वैशाख र जेठमा नै लिइने कक्षा १२ को परीक्षा यसपालि कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो । मंसिर ९ देखि १६ गतेसम्म परीक्षा सञ्‍चालन भएको थियो । संक्षिप्त परीक्षाको प्राप्तांक शिक्षकले जथाभावी पठाएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको थियो । बोर्डले कुल पूर्णांकमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो ।

चाँडो नतिजा प्रकाशित गर्न विद्यालयमै विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेका थिए । विद्यार्थीको प्राप्तांक बोर्डका प्रदेश कार्यालयहरूबाटै नजिता प्रकाशनको सिस्टममा इन्ट्री गराउने व्यवस्था मिलाइएको थियो । यसअघि उत्तरपुस्तिका प्रदेश कार्यालयमा परीक्षण गरेर बोर्डको केन्द्रीय कार्यालयमा मात्रै इन्ट्री गरिन्थ्यो । कार्यविधिले ४० प्रतिशत पूर्णांकको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णांकको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णांकको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*