उपप्रधानमन्त्री पोखरेल चढेको गाडी तोडफोड

नुवाकोट, १९ माघ । नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडी नुवाकोटमा तोडफोड भएको छ ।

नुवाकोटको बट्टारमा राखेको कार्यक्रममा सहभागी हुन आउनुभएका उपप्रधानमन्त्री पोखरेललगायतका नेताहरुलाई प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले कालो झण्डा देखाएका थिए । सोहि क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल चढेको गाडीमाथि तोडफोड भएको हो ।

उपप्रधानमन्त्री पोखरेललाई कालो झण्डा देखाउने क्रममा प्रचण्ड–नेपाल पक्षका विनोद कोइराला, प्रदीप भट्ट, दिपेश चित्रकारलगायत ५ जना सामान्य घाइते भएको प्रचण्ड नेपाल समूह निकट राष्ट्रिय युवासंघका सुरेश अधिकारीले जानकारी दिए ।

ओली समूहले नुवाकोटको बट्टारमै सभाको आयोजना गरेको छ । सो सभामा पोखरेलसहित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतले सम्बोधन गर्ने बताइएको छ ।

गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा दैनिक रुपमा विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*