आज मकवानपुरमा चारवटा स्वास्थ्य संस्थाको भवन शिलान्यास हुँदै

माघ २०, हेटौंडा । आज मकवानपुरको विभिन्न चार स्थानीय तहमा स्वास्थ्य संस्थाको भवन शिलान्यास हुने भएको छ ।

२०७२ सालको भुकम्पका कारण क्षती भएका मध्ये मंगलबार चारवटा स्वास्थ्य संस्थाको भवन शिलान्यास गरिने भएको हो । जिल्लामा भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) मार्फत निर्माण हुने चारवटा स्वास्थ्य संस्थाको भवन शिलान्यास हुन लागिएको ।

ईकाईका अनुसार मकवानपुरको थाहा नगरपालिका–११ स्थित टिष्टुङ्ग स्वास्थ्य चौकीको १० कोठे भवन, राक्सिराङ–८ स्थित खैराङ्ग स्वास्थ्य चौकीको २२ कोठे भवन, बकैया–२ स्थित धिँयाल स्वास्थ्य चौकीको ९ कोठे र भीमफेदी–३ स्थित निवुवाटार स्वास्थ्य चौकीको ९ कोठे भवनको आज शिलान्यास गर्न लागिएको हो ।

ईकाईले टिष्टुङ्ग र खैराङ्ग स्वास्थ्य चौकी १८ महिना भित्र तथा धियाल र निवुवाटार स्वास्थ्य चौकीको भवन १५ महिना भित्र सम्पन्न हुने जनाएको छ । ४ वटा स्वास्थ्य संस्था भवन निर्माणका लागि १० करोड ४९ लाख ८२ हजार ८२१ रुपँयामा ठेक्का भएको जिल्ला भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) ले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*