पार्टी र चुनाव चिह्न आफूले पाउनुपर्ने दाहाल–नेपाल पक्षको माग


माघ २०, काठमाडौँ– पार्टीको आधिकारिकता दाबी गर्न नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल निर्वाचन आयोगमा पुगेका छन् ।

पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न नेकपाको अध्यक्ष दाहाल र नेपाल आयोगको कार्यालय खुलेलगत्तै १० आयोगमा पुगेको नेता शिव कुमार मण्डलले जानकारी दिए ।

उनीहरूका साथमा नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायतका नेताहरू पनि आयोगमा पुगेका छन् ।

साविकको ४४१ केन्द्रीय सदस्यमा बहुमत आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने दाहाल–नेपाल पक्षको माग छ । समूहको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भए पनि त्यसले अहिलेसम्म बैधता पाउन सकेको छैन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*