जुत्ता, चप्पल तथा व्यापार मेला २०७७ शुरू हुँदै

माघ २०- जुत्ता, चप्पल तथा व्यापार मेलाको आयोजना हुने भएको छ ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालको आयोजनामा माघ २१ गतेदेखि काठमाडौंको भृकटिमण्डपमा हुने भएका हो । स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासका निमित्त यस एशोसिएसनले हरेक वर्ष झै यस वर्ष समेत जुत्ता तथा चप्पल व्यापार मेला गर्ने भएको हो ।

आम उपभोक्ताहरुको विचमा आफ्ना उत्पादनहरु पुर्‍याउने परिचित गराउने मुख्य उद्धेश्यका साथ समग्र विग्रीएको अर्थतन्त्रलाई चलायमान बनाउन र व्यापारीक र व्यावसायीक कृयाकलापलाई सहज बनाउदै लैजान यस एशोसिएसनको आयोजनामा एफम्यान फूटवेर विजनेस एक्स्पो माघ २१ देखि २०७७ फाल्गुण १० गते सम्म प्रर्दशनीमार्ग स्थित भृकुटीमण्डपमा आयोजना गर्न लागिएकोे आज एक कार्यक्रमको अयोजना गरेर बताइएको छ ।

उक्त कार्यक्रममा बोल्दै एफम्यानका अध्यक्ष कृष्ण कुमार फुयालले भने, ‘हामीले विषम परिस्थितीमा समेत गर्दै आएको यस प्रकारको मेला गत वर्ष फैलिएको कोभिड १९ को माहामारिका कारण गर्न नसक्दा आम उपभोक्तालाई पर्न गएको असरलाई मध्य नजर गर्दै हामिले सुरक्षालाई ध्यानमा राखेर फुटवेयर विजनेस एक्स्पो २०२१ आयोजना गर्न गइरहेको छौं । यो एक्स्पोमा हामिले सबै नेपाली ब्राण्डलाई एकै छानामुनी समेटेर ल्याएका छौं ।

यसले नेपाली जुत्ता चप्पल प्रेमिहरुलाई एकै स्थानमा सबै ब्राण्डका जुत्ता चप्पल आर्कषक छुटका साथ उपलब्ध गराउने जमर्कौ गरेका छौं ।’ उक्त कार्यक्रममा बोल्दै एफम्यानका पुर्व अध्यक्ष होमनाथ उपाध्यायले भने, ‘विगत एक वर्षदेखि अर्थतन्त्र थलिएका कारण नेपाली ग्राहकको क्रयशक्ति मा आएको ह्रासलाई ध्यानमा राखेर हामिले फुटवयर क्षेत्रलाई चलायमान बनाउँदै लैजाने उदेश्यका साथ फुटवेयर एक्स्पो आयोजना गरेका छौं ।

स्वदेशी बस्तुको प्रर्वद्धन हाम्रो अभियान भन्ने नाराका साथ सुरुहुन लागेको यो एक्स्पोमा ग्राहकले भारी छुटका साथ सामान खरिद गर्न पाउनेछन् । फुटवेयर एक्स्पो २०२१ मा नेपाली ब्राण्डहरु फिटराइट, ल्याण्डवाक, फ्रस्टवाकरआगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजी लगायतका सहभागी रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*