निर्वाचनको मुख्य खेलाडी दल नै हुन् त्यसलाई तयारी नपारी निर्वाचन हुदैन– झलनाथ

माघ २०, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको वरिष्ठ नेता झलनाथ खनालले बालुवाटारलाई सानो गुटको संज्ञा दिएका छन् ।

पार्टी आधिकारिकता दाबी गरेर निर्वाचन आयोगबाट फर्कने क्रममा नेता खनालले यस्तो बताएका हुन्। ‘हामीसँग ४४१ मध्ये झण्डै ७० प्रतिशत केन्द्रीय सदस्य छन्। त्यो कुरा दुईपटक बसेको केन्द्रीय कमिटीको बैठकले प्रमाणित गरेका छौँ’ उनले भने, ‘सम्पूर्ण तथ्य प्रमाण र विधान सबैलाई राखेर दाबी गरेका छौँ। आधिकारिकता हामीबाट बाहिर जानै सक्दैन।’

उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको पार्टी नै आधिकारिकता रहेको दाबी गरेका छन्। ‘नेकपा भनेको प्रचण्ड–माधव रहेको आधिकारिक रहेका दाबी गरेका छौँ । दाबी प्रस्तुत दल ऐनको धारामा टेकेर दाबी गरिरहेका छौँ’ उनले भने। निर्वाचनको मुख्य खेलाडी दल भएकाले दल तयारी नभएसम्म कुनै निर्वाचन हुन नसक्ने दाबी गरे।

‘निर्वाचनको मुख्य खेलाडी दल नै हुन् त्यसलाई तयारी नपारी निर्वाचन हुदैन त्यो निर्वाचन आयोगलाई थाहा छ’ उनले भने, ‘निर्वाचन आयोगले दलको टुंगो लगाउनुपर्छ। बालुवाटार सानो टुक्रा हो, पार्टी फुटाउने तागत नभएपछि आधिकारिकता दाबी गरेको मात्रै हो। त्यसैले संविधानलाई उपयोग गरेर दाबी गर्न आयो।’

केपी ओलीलाई पार्टीको साधारण सदस्य र विष्णु पौडेललाई महासचिव हटाएको कुरालाई निर्वाचन आयोगमा प्रस्तुत गरेको बताए। ‘निर्वाचन आयोगमा करिब ७० प्रतिशतको हस्ताक्षर छ। हाम्रो प्रमाण र निर्णय बुझाएका छौँ’ उनले भने, ‘आयोग अब हाम्रो पक्षमा ठोस निर्णय गर्छ। त्यसको विकल्प नै छैन।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*