प्रचण्ड–नेपाल समूहले आयोगमा पार्टीको आधिकारिकताका लागि दाबी पेश

माघ २०, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि दाबी पेश गरेको छ।

यो समूहले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा पेश गरेको हो। अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेकपाको आधिकारिकता दाबी पेश गरेका हुन् । निर्वाचन आयोगमा आधिकारिकता दाबीको पत्र बुझाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता झलनाथ खनालले दल ऐन, तथ्य र प्रमाण हेरेर आयोगले आफूहरुलाई आधिकारिकता दिनेमा शतप्रतिशत विश्वस्त रहेको बताए।

उनले ओली समूहले पनि आफूलाई आधिकारिक रहेको दाबी गर्न संविधानले छुट दिएको भए पनि तथ्य, प्रमाण र दल ऐनको व्यवस्था बमोजिम आफूहरुले नै आयोगबाट आधिकारिकता पाउने जिकिर गरे। नेता खनालले भने, ‘दल विभाजन गर्ने शक्ति ९बहुमत० नभए पनि राजनीतिक रुपमा विभाजित पार्टीको एटा सानो टुक्रा त बालुवाटार पनि हो, आधिकारिकताको दाबी उसले पनि गर्न पाउँछ, तर अब वास्तविक आधिकारिक को हो तरु दल ऐनमा टेकेर निर्वाचन आयोगले निरुपण गर्नुपर्छ, तथ्यहरुका आधारमा । त्यो समय आइपुगेको छ।’

उनले सुरुमा दुवै समूहले आ–आफू आधिकारिक रहेको दाबी गरे पनि यो विवाद निरुपणको समय बल्ल आइपुगेको बताए। उनले दलहरुबिचको विवाद समाधान नभइकन निर्वाचन हुन नसक्ने बताए। खेल खेल्नका लागि खेलाडी तयार हुनुपर्छ भन्ने कुरा आफूहरु भन्दा धेरै निर्वाचन आयोगले नै बुझेको हुनुपर्ने नेता खनालले बताए।

उनले भने, हामी दलीय व्यवस्थामा छौँ । दलहरुको विवाद निरुपण नभइकन चुनाव हुन सक्दैन । दलहरु नै निर्वाचनका मुख्य खेलाडी हुन् । ती खेलाडीहरुलाई तयार नपारी खेल हुँदैन । आयोगले यो कुरा बुझेको छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*