हेटौंडामा ११ किलो गाँजासहित अटो चालक पक्राउ

हेटौंडामा, माघ २० –मकवानपुर प्रहरीले ११ किलो गाँजा बोकेको अटो र त्यसका चालकलाई पक्राउ गरेको छ।

मंगलबार बिहान ११ बजे प्रहरीले हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्वपश्चिम राजमार्गबाट गाँजा र अटो बरामद गरेको हो । ना २ ह ४१०९ नम्बरको अटो र त्यसका चालक राजेन्द्रबहादुर दमाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दमाईको साथबाट ६७ हजार नेपाली र भारु २५०० फैला परेको प्रहरीले जनाएको छ। चालक पर्साको सखुवा पर्सौनी गाउँपालिक–२ का हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*