प्रतिनिधिसभा विघटनविरुद्ध अनेरास्ववियुले गर्यो चक्काजाम

काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहनिकट विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणको आन्दोलनअन्तर्गत बुधबार चक्काजाम गरेको छ ।

प्रतिनिधिसभा विघटनको कदमविरुद्ध बिद्यार्थीहरुले मुलुकभर चक्काजाम गरेको हो । बुधबार बिहान काठमाडौंको मीनभवन , प्रर्दशनीमार्ग लगातका स्थानमा चक्काजाम गरिएको हो ।अनेरास्ववियूका विद्यार्थीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले कालो कपडा निधारमा बाँधेर कालो झन्डासमेत देखाएका थिए ।

सरकारको असंवैधानिक कदम नसच्चाएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*