हेटौंडामा पनि प्रचण्ड–नेपाल समूहको आमहड्तालको सामान्य प्रभाव

माघ २२, हेटौंडा । नेकपा प्रचण्ड–नेपाल समूहले आज देशव्यापी आमहड्तालको घोषणा गरेको छ।

हेटौंडामा भने समूहले गरेको आमहड्तालको प्रभाव सामान्य रहेको देखिएको छ । हेटौंडा बजारको मुख्य क्षेत्र बुद्धचोक,सिमा चोक शितलमहलचोक क्षेत्रमा बाहेक अन्य क्षेत्रका व्यापार व्यवसायहरु खुलेका छन् । सवारी साधनहरु चलिरहेको देखिएको छ ।

बजारमा सुरक्षा व्यवस्थाा कडा गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । हालसम्म मकवानपुरमा आमहड्ताल सफल बनाउन हिडेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छैन् ।

हेटौंडा बजार क्षेत्रमा खुलेआम आमहड्ताल सफल बनाउन बिहानैदेखि प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताहरु बजार क्षेत्रमै खटिरहेका देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*