हेटौंडाको क्वीक २० होटलको छतबाट खसेर एक जना कामदारको मृत्यु
माघ २३, हेटौंडा – हेटौंडाको क्वीक २० होटलको छतबाट खसेर एक जना कामदारको मृत्यु भएको छ ।
आज उक्त होटलमा होटलमा सरसफाइको काम गर्ने रौतहट, देवाही नगरपालिकाका ४२ बर्षीय विनोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर रानाले वताउनुभयो ।
५ तल्ले क्विक २० होटलको छतबाट खसेका यादबलाई उपचार गर्ने क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
























