प्रधानमन्त्रीले सल्लाह नै नगरी विप्लवमाथि प्रतिवन्ध लगाए – प्रचण्ड

काठमाडौं, माघ २३ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड नेपाल समूहको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा सल्लाह नै गरी विप्लवमाथि प्रतिवन्ध लगाएको बताएका छन्।

शुक्रबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले हिजो पनि आफूहरु विप्लवहरुलाई प्रतिबन्ध लगाउनुभन्दा मुल धारमा ल्याउन सके राम्रो भन्ने पक्षमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नै नगरी प्रतिबन्ध लगाएको बताएका हुन्।

उनले विप्लव समूहसँग वार्ता गर्ने भए सरकारले उक्त समूहमाथि लगाएको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन्। साथै, उनले विप्लव वार्तामा आए आफूहरुको समर्थन रहने बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*