भीमफेदीमा हिउँमा चिप्लिएर दुर्घटना– एक जनाको मृत्यु

माघ २५, हेटौंडा । उत्तरी मकवानपुरको भीमफेदी–९ को गोलमोडमा सुमो दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् ।

गएराति काठमाण्डौबाट हेटौंडा आउँदै गरेको ना १ ज ४१३८ नंबरको सुमो दुर्घटना हुँदा सुमोमा सवार १० जना घाईते मध्ये एक जनाको मृत्यु र अन्यको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा सप्तरीका अन्दाजी ३३ वर्षीय प्रमान्द चौधरी रहेका छन् ।

शनिबार राति हिउँमा चिप्लिएर सुमो आफै अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यलय पालुङले जनाएको छ । शनिबार दिउँसो मकवानपुरको सिमभञ्याङ क्षेत्रमा हिमपात भएको थियो । शनिबार दिउँसो वर्षा सहित हिमपात भएको हो । थाहा नगरपालिकाको सिमभञ्याङ तथा दामान क्षेत्रमा सामान्य हिउँ परेको र शिखरकोट क्षेत्रमा असिना पानी सहित सामान्य हिउँ परेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*