बाबुद्धारा छोरीको हत्या

माघ २५, बैतडी – बैतडीमा छोरीलाई गोली हानेर भागेका बाबुले राति आएर घरमा आगो लगाएका छन् ।

पुर्चौडी नगरपालिका–१० महरागाउँका धनसिंह महराले २० वर्षीया छोरी बेलमती महरा धामीलाई गोली हानी हत्या गरेका थिए । हिजो दिउँसो छोरीलाई गोली हानेपछि उनी भागेका थिए । तर, महराले राति आएर आफ्नै घरमा समेत आगो लगाएका प्रहरीले जनाएको छ । महराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

महतराले छोरीको हत्या गर्नुको कारण पनि खुलेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*