हेटौंडामा ३ सवारी ठोक्किदाँ एक जना गम्भिर घाईते

माघ २६, हेटौंडा । पूर्व – पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडामा ३ सवारी ठोक्किदाँ दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् ।

गएराति ९ बजेर ४५ मिनेटमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १५ को रातोमाटे नजिक उक्त दुर्घटना भएको हो । हेटौंडाबाट बारा जाँदै गरेको ना ८ ख १३३८ नंबरको क्लिङ्कर लोड टेलरलाई सोहि दिशाबाट जाँदै गरेको ना ६ ख ६६७८ नंबरको खालि ट्रकले ओभरट्रयाक गर्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ६०१७ नंबरको ईटा लोड ट्रक संग एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेले जनाकारी दिए ।

दुर्घटनामा ना ८ ख १३३८ नंबरको टेलर चालक बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नंबर १ घर भएका २५ वर्षीय र्सफु आलमा गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । उनलाई हेटौंडा अस्पतालबाट थप उपचारको लागि चुरेहिल अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुई ट्रक चालक फरार रहेको र उनिहरुको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*