मुख्यमन्त्री पौडेलद्धारा माझि समुदायलाई एकीकृत बस्ती हस्तान्तरण

माघ २६, मकवानपुर – रामेछाप जिल्लाको खाडादेबी गाउँपालिकाको वडानम्बर ३ डफ्कामा पछाडी परेको माझि समुदायको लागि एकीकृत बस्ती निर्माण गरि शनिवार एक कार्यक्रमको बिच माझि समुदायलाई हस्तान्तरण गरिएको छ ।

बाग्मती प्रदेश सरकार र खाडादेबी गाउपालिकाको सयुक्त लगानिमा निर्माण गरिएको उक्त एकीकृत बस्ती माननीय मुख्यमन्त्री डोरमणी पौडेलले खाडादेबी गाउँपालिकाको अध्यक्ष प्रेम तामाङलाई हस्तान्तरण गर्नुभएको हो।

माझी समुदायलाइ निर्माण गरिएको एकीकृत बस्ती हस्तान्तरण गर्नुहुदै बाग्मती प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेलले बागमती प्रदेश सरकार सदैब जनताको छ्त्र छायामा भएको बताउनु भयो । मन्त्री पौडेलले २०– ३० बर्ष देखि सन्चालन गरेको सरकारले जनताको आधारभुत आवश्यकता प्रती कहिले गम्भीर नभएको, बिकास र परिबर्तनको कुरा सरकारमा पुगेका कुनै पनि व्यक्तीले नगरेकोमा दुख व्यक्त गर्नुभयो ।

उँहाले भन्नू भयो ‘सरकार संचालन गर्दै गर्दा जनता र बिकासको भन्दा पनि आफ्नो स्वार्थमा मात्र चल्यो’ पौडेलले ३ बर्षमा जनताको धेरै आधारभुत आवश्यकता पूरा गरेको ठुकुवा गर्नु भयो । अहिलेको सरकारले मुलुक परिबर्तन र समृद्धिको दिसातिर अगाडि बडेको उहाँले बताउनु भयो।

उक्त माझी समुदायको लागि एकीकृत बस्ती निर्माण गर्न बाग्मती प्रदेश सरकारको १ करोड ५० लाख र खाडादेबि गाउँपालिकाको ७५ लाख गरि जम्मा २ करोड २५ लाख रुपैंयाको लागतमा ४२ वटा दुई कोठे घर, शैचालय र खेल मैदान सामुदायिक भबन  २६ रोपनी जग्गामा निर्माण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*