५.४ रेक्टर स्केलको भूकम्प गयो, केन्द्रविन्दु ताप्लेजुङ
माघ २७, हेटौंडा – आज बिहानै ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर बिहान ७ स् ३५ बजे ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पका कारण ताप्लेजुङ आसपासको क्षेत्रमा घरहरु हल्लिएको भए पनि के कति क्षति भएको भन्ने विवरण भने आइसकेको छैन ।
























