भारतीय अभिनेता राजीव कपूरको निधन
माघ २७, काठमाण्डौ – भारतीय अभिनेता राजीव कपूरको मङ्गलवार निधन भएको छ । राजीव कपूरको हृदयाघातका कारण निधन भएको उनका ठूला दाजु रणधीर कपूरले बताएको बीबीसीमा उल्लेख छ ।
राजीव कपूर ५८ वर्षका थिए । उनी राज कपूरका कान्छो छोरा थिए भने रणधीर कपूर र ऋषि कपूरका भाइ थिए । उनले राज कपूरको फिल्म राम तेरी गंगा मैलीु बाट फिल्मी यात्रा सुरु गरेको थिए । त्यो फिल्म निकै सफल रहेको थियो । यद्यपि राजीव कपूरले धेरै फिल्ममा काम गरेनन् ।
ऋषि कपूरको निकै चर्चित फिल्म प्रेम ग्रंथु लाई राजीव कपूरले निर्देशन गरेका थिए ।
























