मान्छेको पेटबाट ६३९ वटा फलामे किला निकालियो

माघ २८– कतिपय मानिसको बच्चैदेखि खरी ढुंगा वा माटो खाने बानी हुन्छ । कतिपय मानिसले चाहीँ डिप्रेसन वा विभिन्न खाले मानसिक समस्याका कारण पनि यस्ता अनावश्यक चिजहरु खान्छन् ।

भारतको पश्चिम बंगालस्थित गोबरडाँगामा बस्ने ४८ वर्षका प्रदिप ढाली नामका व्यक्तिचाहिँ माटो ढुंगा मात्र होइन फलामका किलाहरु समेत खाने बानी रहेछ ।त्यहीँ खतरनाक बानीका कारण उनको पेटमा ६३९ वटा फलामे किला थुप्रिए । पेटमा फलामे किला थुप्रिएपछि उनलाई असह्य दुखाइ महसुस भयो । त्यसपछि उनी कलकत्ताको अस्पतालमा उपचारका लागि पुगे । जब डाक्टरहरुले उनको चेकजाँच गरे तब डाक्टरहरुको होसहवास उड्यो । ती व्यक्तिको पेटमा त फलामका ६३९ वटा फलामे किला रहेछन् ।

कोलकाता मेडिकल कलेजको शल्यक्रिया विभागले डेढ घण्टाको शल्यक्रिया पश्चात् ती व्यक्तिको पेटमा रहेका ६३९ वटा फलामे किला निकालेको छ । डाक्टरहरुले पेटबाट फलामे किला निकाल्नका लागि चुम्बको प्रयोग गरेका थिए । पेटमा रहेका ती किलाहरु निकै तिखा थिए । ती व्यक्तिमा डिप्रेसनको समस्यासमेत रहेको र मानसिक समस्याकै कारण माटोसँगै किलासमेत खाने गरेको बताइएको छ । तर उनको त्यस्तो खतरनाक बानीका बारेमा घरपरिवारलाई समेत थाहा थिएन ।

धन्न त्यतिधेरै तिखा किलाहरु खाँदा पनि उनको पेटमा कुनै गम्भीर असर परेको भने देखिएन । डाक्टरहरुले पेटमा क्षति नपुर्‍याउने गरी चुम्बकले किला निकाल्न सफल भए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*