भ्रष्टाचार नियन्त्रण कडाइका साथ प्रस्तुत हुन जरुरी देखिन्छ – राष्ट्रपतिको भण्डारी

२८ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन सम्बद्ध निकायलाई निर्देशन दिएकी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउनुपर्नेमा जोड दिएकी हुन् । ‘मुलुकमा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण हुन सकेन भने राज्यका स्रोतहरू दुरुपयोग भइ समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउने हुँदा भ्रष्टाचार नियन्त्रणका विषयमा कडाइका साथ प्रस्तुत हुन जरुरी देखिन्छ’ राष्ट्रपति भण्डारीले भनिन् ।

राजनीतिक, आर्थिक, सामाजिक लगायत समग्र पक्षमा हुन सक्ने अव्यवस्था र गैरकानुनी विचलनलाई समूलरुपमा अन्त्य गर्न सकेमात्र समष्टिमा भ्रष्टाचार न्यूनीकरण हुँदै जाने उनको भनाइ छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विगतका कतिपय घट्नामा अनुचित ढंगले प्रस्तुत भएको बताए ।

ओलीले भने, ‘अख्तियारसँग अपराधी थर्कमान हुनै पर्दछ तर निर्दोष मान्छेका निम्ति त्रास होइन संरक्षणको थलो पनि बन्नुपर्दछ ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*