भीमफेदीको चार विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो लुगा सहयोग

हेटौंडा माघ २८- भीमफेदी गाउँपालिकाको चार वटा प्राथमिक विद्यालयका बालबालिकालाई  माघ २८- भीमफेदी गाउँपालिकाको चार वटा प्राथमिक विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र न्यानो लुगा प्रदान गरिएको छ ।

युवा व्यवसायीको सहयोगमा विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको हो । तामाङ जातिको बाहुल्यता रहेको यस ठाउँमा आर्थिक अभावले पछाडि परेको चार वटा प्राथमिक विद्यालयमा समाजसेवी सुरेन्द्र थीकेका सक्रियतामा संगीत श्रेष्ठ लगायतका सहकर्मीहरु विद्यालयमै पुगी शैक्षिक सामग्री सहयोग गरेको छन् ।

विद्यालयका सम्पूर्ण अध्ययनरत विद्यार्थीलाई स्वीटर, टोपी, कापी, कलम तथा चप्पल विद्यालयका प्रधानाध्यापक लाई हस्तान्तरण गरेका छन् । दुर्गम ठाउँमा अवस्थित अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीको पढाईमा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरिएको संगीत श्रेष्ठले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीको पठन सीपलाई विकास गराउने उद्देश्यले कक्षा १ देखि ५ सम्मका बिधार्थि नटराम्भेश्वर बिधालय, महदेबटार, श्री प्राथमिक बिधालय गंगटे, श्री प्राथमिक बिधालय स्वारा अर्को एक प्राथमिक बिधालय चन्द्राम गरी १४१ जनालाई सहयोग प्रदान गरिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*