राष्ट्रपतिलाई अपशब्द बोलेको आरोपमा झाँक्री पक्राउ

माघ २९, काठमाडौँ– नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछ गर्न भन्दै बोलाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको हो।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई सोधपुछका लागि बोलाइएको जानकारी दिए। गोरखाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरेकी थिइन्।

त्यस टिप्पणीलाई लिएर अखिल नेपाल महिला संघ (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै झाँक्रीलाई पक्राउ गरी कारबाही माग गरेको थियो।

यता नेतृ झाँक्रीले पनि पक्राउका लागि प्रहरी घरमै आएको बताएकी छन् । उनले खबरहबसँग भनिन्, ‘प्रहरी पक्राउ गर्न आयो म यही निवासमा छु । बाहिर निक्कै भिडभाड छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*