अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपति टेलिफोन वार्ता

माघ २९– अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच टेलिफोन वार्ता भएको छ । बाइडेन अमेरिकाको सत्तामा आएपछि विश्वका दुई ठूला आर्थिक शक्ति राष्ट्रका नेताबिच पहिलोपटक सीधा कुराकानी भएको हो ।

बुधबार बाइडेन र चिनियाँ राष्ट्रपति सीबिच टेलिफोन वार्ता भएको र त्यस क्रममा चीनको अनुचित आर्थिक गतिविधि, हङकङमा भइरहेको हस्तक्षेपसहितका विषयमा राष्ट्रपति बाइडेनले गम्भीर चासो व्यक्त गरेको ह्वाइट हाउसले जनाएको छ ।

सी र अमेरिकी राष्ट्रपतिबिच गएको मार्च यता पहिलोपटक कुराकानी भएको हो । गएको मार्चमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सी बिच कुरा भएयता दुई देशबिचको सम्बन्ध व्यापार तथा अर्थतन्त्रसहितलाई लिएर तनावको अवस्थामा छ ।

टेलिफोन वार्ताको क्रममा बाइडेनले सी सामु अन्यायपूर्ण आर्थिक रणनीति, हङकङमा भएको हस्तक्षेप, मानवअधिकार उल्लंघन तथा बढ्दो क्षेत्रीय गतिविधिबारे आधारभूत रुपमा चासो व्यक्त गरेको ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

कोभिड–१९ को महामारी, विश्वव्यापी स्वास्थ्य सुरक्षा, जलवायु परिवर्तन तथा हतियार व्यवस्थापनका सम्बन्धमा पनि कुरा भएको उल्लेख छ । इन्डो–प्यासिफिक क्षेत्र स्वतन्त्र र खुला रहोस् भन्ने अमेरिकाको चाहना रहेको बाइडेनले बताएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*