प्रतिनिधिसभा विघटनको संवैधानिक इजलासमा सुनुवाइ सुरु

माघ २९, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबारको सुनुवाइ सुरु भएको छ ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अधिवक्ता पंकज कर्णले बहस गरिरहेका छन् । आज प्रधानमन्त्रीका तर्फबाट प्रतिनिधिसभा विघटनको पक्षको बहस सक्ने तयारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यसअघि माघ ३० गतेभित्र बहस सक्न समय दिए पनि शुक्रबार (३० गते) सोनाम ल्होसारको सार्वजनिक बिदा परेकाले आजै प्रधानमन्त्रीको पक्षबाट बहस सकिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*