शिवम् सिमेन्ट्सद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

 

मकवानपुर, फागुन २–शिवम सिमेन्ट्सले मकवानपुर जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

कम्पनीले उद्योग सञ्चालनमा रहेको क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । श्री त्रिभुवन माध्यमिक विद्यालय हटिया, कोलखोप प्राथमिक विद्यालय बकैया तथा रुपनारायण माध्यमिक विद्यालय बुढिचौरमा अध्ययनरत ५०० भन्दा बढी विद्यार्थीहरुको लागि स्वीटर तथा ट्रयाकसुट वितरण गरेको हो ।

शिवम् सिमेन्ट्सले विगतमा पनि सामाजिक उत्तरदायित्वअन्र्तगत स्वास्थ्य शिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरणलगायत विभिन्न सहयोग गर्दै आएको दावी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*