आज हेटौंडामा कांग्रेसको विरोध प्रदर्शन

फागुन ३, हेटौंडा ।आज हेटौंडामा कांग्रेसको विरोध प्रदर्शन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले आज (शनिबार) देशभर विरोध प्रदर्शन गर्दैछ ।

सोहि कार्यक्रम अनुसार नेपाली कांग्रेस मकवानपुरले पनि आज हेटौंडामा विरोध प्रदर्शन गर्ने भएको छ । आज हुने प्रदर्शनमा कांग्रेस सम्बद्ध भातृ संस्थाको प्रदर्शन हुने नेपाली कांग्रेस मकवानपुर प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले शनिबार मध्यान्ह १२ बजे पार्टी कार्यलयबाट,मानसचोक,पल्पसारोड हुँदै बुद्धचोकमा कोणसभामा परिणत हुने बताए । विरोध प्रदर्शनको कार्यक्रम करिब एक घण्टाको हुने नेपाली कांग्रेस मकवानपुरले जनाएको छ ।

कांग्रेसले प्रधानमन्त्री ओलीद्वारा संसद भङ्ग गरेपछि असंवैधानिक भनेर विरोध प्रदर्शन गर्दै आएको छ । कांग्रेसले निरन्तर प्रदर्शनहरू गर्दै आएको छ । यसअघि कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध देशभर प्रदेश र स्थानीय तहमा विरोध प्रदर्शन गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*