भीमफेदीमा नेपालिज संस्था मकवानपुर द्वारा राहत बितरण

मकवानपुर, फागुन ३– मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ७ स्थित कोगटेमा नेपालिज संस्था मकवानपुरको सहयोग र सिर्जनशिल बचत तथा ऋण सहकारीको व्यवस्थापनमा राहत वितरण गरेको छ ।

उक्त राहत एकल महिला, दलित , अपांग र अती बिपन्न परिवारलाई बितरण गरेको सिर्जनशिल बचत तथा ऋण सहकारी सस्थाको व्यवस्थापन सानुकान्छी सिजालीले जानकारी दिनुभयो ।

सिजालिका अनुसार १ व्यक्तिलाई ३० केजि चामल, नुन २ केजि , चिनी २ केजि , चना २ केजि, मसेउरा १ केजि, दाल २ केजि र साबुन ३ वटाको दरले वितरण गरेको बताउनु भयो । जस अनुसार १५ जना अत्ति बिपन्न , ९ जना एकल महिला र १ जना दलित अपांगलाई वितरण गरेको उहाले जानकारी दिनु भयो ।

कार्यक्रममा नेपालिज सस्थाका अनिल देउजा, रेसम ठकुरी र सिर्जनशिल बचत तथा ऋण सहकारी सस्थाको उपाध्यक्ष आसा चुनी लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*