पञ्चकन्या माविको भवन निर्माणको सम्झौता
मकवानपुर फागुन ४- भीमफेदि गाउँपालिकाको वडा नम्बर ८ मा २०७२ को विनासकारी भुकम्पबाट क्षति भएकोे श्रि पञ्चकन्या माध्यमिक विधालयको भवन पुन निर्माणको लागि आइतबार सम्झौता भयको छ ।
११ कोठे सुविधा सम्पन्र भवन शौचालय फर्निचर सहित निर्माण गर्न विद्यालय व्यवस्थापन समिति र राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई (शिक्षा) मकवानपुर सँग भिमफेदि गाउँपालिका कार्यलय भिमफेदिमा सम्झौता गरिएको हो ।
सम्झौत पत्रमा हस्ताक्षर गर्दै गाउँपालिकाको अध्यक्ष हिदम लामाले विधालय भवन निर्माणको लागि पालिकाको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कमि नआउने बताउनु भयो । लामाले भवन निर्माणको समयमै सम्पन्र गरिदिन पनि अनुरोध गर्नुभयो । उक्त विद्यालयमा अहिले ३५० जना विध्यार्थि अध्यनरत छन् । ति अध्यनरत विधयार्थि अहिले डाइरेक नेपाल भन्ने संस्थाले बनाइदिएको अस्थायि टहरोमा बसेर अध्ययन गरिरहेका छन् ।
विद्यालयको भवन निर्माणको सम्झौत पत्रमा गाउँपालिकाको अध्यक्ष हिदम लामा वडा नम्बर ८ को वडा अध्यक्ष नवराज अधिकारी, विद्यालय व्यव्यवस्थापन समितिका अध्यक्ष विनोद अधिकारी , विधालयका प्र.अ सुरेश कुमार ठकुरी र पुन निर्माण प्राधिकरणका जिल्ला आयोजना कार्यन्वयन इकाइ ( शिक्षा ) मकवानपुरका बद्री पाठकले हस्ताक्षर गनुृ भएको छ ।
























