राष्ट्रपतिद्वारा हनुमान ढोकाका मुल पुरोहितबाट वसन्त श्रवण

फागुन ४,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको न्यासल चोक पुगेर वसन्त श्रवण गर्नुभएको छ ।

हनुमान ढोकाका मुल पुरोहितबाट उहाँले वसन्त श्रवण गर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई पुरोहितले टीका तथा प्रसाद समेत प्रदान गर्नुभयो ।

बसन्त श्रवण गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नीप्रसाद सापकोटा, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतका उच्च पदस्थ व्यक्तिहरू हनुमानढोका पुग्नुभएको थियो ।

प्रतिनिधिसभा विघटनपछि संवैधानिक आयोगका पदाधिकारीको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख जानुभएको थिएन ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*