संसद विघटनको मुद्दामा एमिकस क्युरीको तर्फबाट बहस हुँदै

फागुन ४, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दाको सुनुवाइमा एमिकस क्युरीकोतर्फबाट बहस हुँदै छ ।

संवैधानिक इजलाशमा मुद्दाका पक्ष तथा विपक्षको बहस सकिएसँगै आजदेखि एमिकस क्युरीको तर्फबाट बहस हुने भएको हो । एमिकस क्युरी सर्वोच्च अदालतको सहयोगी हो । कुनै मुद्दाका विषयमा राय लिनुपरेमा सर्वोच्चले एमिकस क्युरी गठन गर्ने गर्दछ ।

संसद विघटनका विषयमा राय लिन गठित एमिकस क्युरीमा बद्रीबहादुर कार्की, विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक रहनु भएको छ ।

एमिकस क्युरीको रायपछि सर्वोच्चले आफ्नो फैसला सुनाउने छ । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । रिटहरुमाथि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ तथा बहस भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*